• मेष राशि (Aries)
आम्दानी सामान्य र खर्च बढी हुनाले मनमा पीर परिरहला । व्यावसायिक काममा सोचेकोजति प्रगति देखिन्न। सानो-सानो कुरामा समेत घरपरिवारमा कचिङ्गल परिरहनेछ। जागिरकै क्षेत्रमा समेत तपाईंलाई मद्दत गर्नेभन्दा दोष देखाउने धेरै हुनेछन्।
• वृष राशि (Taurus)
दिन राम्रैखालको छ । काम गर्ने उत्साह बढ्ला भने गरेका काम बन्नेछन् । खर्च त घट्ने छैन तर आम्दानीको स्रोत बलियो हुनाले त्यति डराउनुपर्ने स्थिति छैन । वादविवाद बढी पर्ला तर पनि विजय तपाईंकै निश्चित छ । मित्रहरूले राम्रै सहयोग दिनेछन् ।
• मिथुन राशि (Gemini)
यो दिनलाई राम्रो रूपमा लिन सकिन्छ । मनमा अलि–अलि शङ्का र भय त होला तर त्यसले खास बिगार गर्ने देखिन्न। काम गर्ने उत्साह प्रशस्त बढ्ला। गरेका काम बन्ने पनि छन् । तपाईंबाट असल एवम् कल्याणकारी काम हुन सक्छ।
• कर्कट राशि (Cancer)
भोलि बिहिबारको दिन त्यति राम्रो देखिन्न । त्यसैले थोरैमात्र बोल्ने र बढी रकमको लेनदेन नगर्नुहोस् । कूटनीतिक प्रतिभा नभए पनि बौद्धिक स्तर त्यति घटेको छैन । स्वास्थ्यस्थिति मध्यम रूपमा रहला । देवीको दर्शन गर्नुहोस्
• सिंह राशि (Leo)
मध्यमखालको दिन छ । दौडधुप बढी गर्नुपर्ला अनि मात्रै केही काम बन्नेछन् । सोचेकोभन्दा थोरैमात्र लाभको स्थिति देखिन्छ । सानोतिनो यात्रासमेत पनि होलाजस्तो छ । प्रेम वा विवाहको कुरा भने हाल भाँडिन सक्छ । इन्द्राणीको दर्शन गर्नुमा कल्याण हुनेछ।
• कन्या राशि (Virgo)
भोलिको दिनलाई त्यति राम्रो भन्न सकिन्न । सानो–सानो कुरामा पनि वादविवाद परिरहला । सङ्घर्ष नगरीकन कुनै पनि काम बन्ने छैन ।आउँदा दिनमा भने केही सफलता नै प्राप्त होला ।
• तुला राशि (Libra)
शत्रु बाधा र स्वास्थ्य बाधा दुवैको सामना गर्नुपर्ने बेला छ । गणेशको सेवा नगरीकन कुनै पनि काममा खास सफलता पाउनुहुने छैन । शिक्षाको क्षेत्रमा समेत धेरै अवरोध आउनेछन् । व्यावसायिक कामबाट सामान्यखालको लाभमात्र लिन सक्नुहुन्छ।
• वृश्चिक राशि (Scorpio)
सुरुमा शरीरमा बिसन्चो हुन सक्छ । पेटसम्बन्धी सिकायत भइरहला । दिन राम्रै खालको छ । अलिकति परिश्रम थपेमा निकै काम बन्ने पनि छन् । तर, समस्यासित कुस्ती खेल्नुपर्ने स्थिति भने छ । सूर्यको दर्शनले धेरै फाइदा हुने देखिन्छ।
• धनु राशि (Sagittarius)
सामान्य रूपले केही काम बन्ला तर स्वास्थ्यका कारणले लक्ष्य प्राप्त गर्नुहुने छैन । हातले समातेको व्यवसायले गतिलै लाभ देला।
• मकर राशि (Capricorn)
खर्च त घट्न सक्ने छैन तर आम्दानी राम्रो हुनाले खास समस्या पर्ने देखिन्न । शिक्षाकै काममा बढी खर्च हुन जाला । मनमा अलि–अलि डर लागिरहला । प्रेमबारे सकारात्मक कुरा हुनेछन् । विवाहको कुरा पनि प्रगतितिर नै जानेछ । व्यापारमा हाल हानि देखिन्न ।
• कुम्भ राशि (Aquarius)
भोलिको दिनलाई राम्रो रूपमा लिन सकिन्छ । अस्थिरता र शङ्का भए पनि बिग्रने समय छैन । मित्रहरूसँग भेटघाट हुने र भोजभतेर पर्नेसमेत देखिन्छ । नजिकका भन्दा पनि टाढाका मित्रबाट गतिलो सहयोग मिल्ला । व्यापारको काममा हानि छैन।
• मीन राशि (Pisces)
खर्च बढे पनि रमाइलो गर्न छोडिने छैन। मनोरञ्जनका कार्यक्रम प्रशस्त हुनेछन्। मित्रहरूको सहयोगले केही नयाँ कामसमेत हातमा पर्न सक्छ। गणेशको आराधना नगरीकन बढ्दो खर्चलाई पु¥याउन गाह्रो पर्ला । केही नयाँ साथीसमेत थपिन सक्छन्।
