९४ वर्षपछि दशैमा बन्दैछ ‘दोहोरो समसप्तक राजयोग’: यी राशिको चम्किनेछ भाग्य, हुनेछ अपार धनलाभ

वैदिक ज्योतिष शास्त्र अनुसार ग्रहहरुले समय- समयमा आफ्नो राशि परिवर्तन गरी शुभ र अशुभ योगको निर्माण गर्दछ। कार्तिक १ गते दोहोरो समसप्तक योग बन्दैछ। किनकी शनि र शुक्र आमने- सामने छन् र गुरु र राहु आमने – सामने छन्। यो संयोजन ९४ वर्षपछि बन्न लागेको हो। यस्तो अवस्थामा यो योगको प्रभाव सबै राशिमा देखिनेछ। तर ३ राशिका जातकलाई यस अवधिमा आकस्मिक धनलाभ र भाग्योदय हुन् सक्छ।


वृष राशि: दोहोरो समसप्तक योग बन्नु वृष राशिका लागि लाभदायक साबित हुन सक्छ। किनकी तपाईको राशिको स्वामी शुक्र ग्रह चतुर्थ भावमा छ। साथै भाग्य र करियरको स्वामी शनिले दुई समसप्तक योग बनाउँदैछ। तसर्थ, तपाईले यस समयमा अप्रत्याशित आर्थिक लाभ गर्न सक्नुहुनेछ।


साथै, काम र व्यापारमा केही प्रगति हुन सक्छ। लामो समयदेखि कतै रोकिएको धन प्राप्त हुनेछ र तपाईको जीवनमा सुख-सुविधा बढ्नेछ। कार्यालयमा तपाईले पहिचान पाउनुहुनेछ र तपाईको कामको तारिफ हुनेछ।


तुला राशि: दोहोरो संसप्तक योगको निर्माण तुला राशिका लागि शुभ फलदायी सिद्ध हुन् सक्छ। तपाईको राशिको स्वामी शुक्र लाभ स्थानमा अवस्थित छ। साथै अगाडि शनिदेव पनि बसेका छन् । त्यसैले यस समयमा विदेशबाट आर्थिक लाभ हुनेछ। साथै तपाईले बुद्धिमतापूर्वक धन आर्जन गर्न सक्नुहुन्छ।


वैदेशिक रोजगारीमा जानेहरुका लागि यो समयमा सफलता मिल्नेछ। यसका साथै तपाईको राशिमा त्रिग्रही योग पनि बनिरहेको छ। त्यसैले आफ्नो स्वास्थ्यमा अलिकति ध्यान दिनुहोस्। केही चोटपटक लाग्न सक्छ। सावधानीपूर्वक सवारी साधन चलाउनुहोस्।


धनु राशि: धनु राशिका व्यक्तिका लागि दोहोरो संसप्तक योग बन्नु अनुकूल साबित हुन् सक्छ। किनभने तपाईको राशिको स्वामी बृहस्पतिले आफ्नो घरलाई मात्र हेरिरहेका छन्। अगाडि शुक्र पनि बसेको छ। साथै मंगलले तपाईको घरलाई मात्र हेरिरहेको छ। साथै, शनि तेस्रो घरमा विराजमान छ। त्यसैले साहस र बहादुरी बढ्नेछ।


साथसाथै, तपाईले आफ्नो करियर र व्यवसायमा अप्रत्याशित प्रगति प्राप्त गर्नुहुनेछ र तपाईले केहि ठूलो सफलता पाउनुहुनेछ। तपाईका शत्रुहरू पराजित हुनेछन्। साथै यो समयमा तपाई काम वा व्यापार यात्रा गर्न सक्नुहुन्छ। जुन शुभ साबित हुन सक्छ।

Post a Comment (0)
Previous Post Next Post